होमपेज > काठमाडौं महानगरले १० महिनामा उठायो साढे ४ अर्ब आन्तरिक राजस्व

काठमाडौं महानगरले १० महिनामा उठायो साढे ४ अर्ब आन्तरिक राजस्व

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष (आव)१० महिनामा साढे ४ अर्ब आन्तरिक राजस्व संकलन गरेको छ ।

बिज्ञापन

महानगरले २०८०र८१ वैशाख मसान्तसम्म ४ अर्ब ४७ करोड १९ लाख बराबर आन्तरिक राजस्व संकलन गरेको हो । महानगरले आन्तरिक राजस्वमा गत वर्षभन्दा ८ करोड ५७ लाखले धेरै उठाएको हो ।

बिज्ञापन

काठमाडौंले सबैभन्दा धेरै राजस्व घर बहाल करबाट उठाएको छ । राजस्व विभागका अनुसार १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ संकलन भएको छ । गत आवमा महानगरपालिकाले १ अर्ब ७५ करोड १६ लाख उठाएको थियो । चालु आवमा महानगरले घर बहाल कर २४ करोड ३९ लाख रुपैयाँ धेरै उठाएको छ ।

महानगरका प्रशासनिक सेवा शुल्क राजस्व गत वर्षभन्दा उच्च दरमा बढेको छ । गत आव १० महिनामा ७२ लाख ९ हजार मात्रै उठाएको महानगरले चालु आव सोही अवधिमा ३ करोड २२ लाख उठाउन सफल भएको हो । यस्तै शिक्षा क्षेत्रको आम्दानी पनि महानगरले दोब्बर बनाएको छ । गत आव वैशाख मसान्तसम्म २३ लाख ४२ हजार उठाएको काठमाडौंले चालु आव सोही अवधिमा ४६ लाख ८९ हजार उठाएको हो ।

बिज्ञापन

नक्सा पास घट्दा राजस्वमा असर

काठमाडौंको आन्तरिक राजस्वको ठूलो हिस्सा रहेको नक्सा पास दस्तुरमा भने राजस्वमा भारी गिरावाट आएको छ । महानगरले नक्सा पास दस्तुरबाट चालु आव वैशाख मसान्तसम्ममा ५३ करोड ४८ लाख ८४ हजार मात्रै आम्दानी गरेको छ, जुन गत आव वैशाख मसान्तभन्दा ३० करोड ६५ लाख ५५ हजार अर्थात ३६।४३ प्रतिशतले घटेको हो । महानगरपालिकाले व्यक्तिगत घटना दस्तुर पनि १६ प्रतिशतले घटेको छ । गत आव वैशाख मसान्तसम्म १० लाख दस्तुर उठाएको महानगरले चालु आव १० महिनामा ८ लाख मात्रै उठाएको छ ।

काठमाडौंले सम्पत्ति करतर्फ पनि राजस्व गत आवभन्दा कम मात्रै उठाएको छ । महानगरले गत आवमा ८६ करोड ७४ लाख ८३ हजार उठाएको महानगरले चालु आव २ करोड १५ लाख घटी अर्थात् ८४ करोड ५९ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको हो । महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्व १ अर्ब ३७ करोड ३१ लाख प्राप्त गरेको छ । वैशाख मसान्तसम्म महानगरले गत आवभन्दा २२ करोड ९६ लाख धेरै बाँडफाँटबाट प्राप्त हुने राजस्व संकलन गरेको हो ।

महानगरले आन्तरिक अनुदानतर्फ १ अर्ब ९६ करोड ९४ लाख प्राप्त गरेको छ । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, ससर्त अनुदान चालु र पूँजीगत अनुदान महानगरले राजस्व शीर्षकमा राखेको हुन्छ ।

काठमाडौं महानगरले १० महिनामा आन्तरिक राजस्व, बाँडफाँटबाट प्राप्त हुने राजस्व र अनुदान गरी जम्मा ७ अर्ब ८१ करोड ४५ लाख सकंलन गरेको थियो । जुन गत आवभन्दा ६२ करोड ६७ लाख रुपैयाँले धेरै हो ।

महानगरले चालु आव २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात देखाएको थियो । महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ छ ।

त्यस्तै संघीय सरकार र प्रदेश सरकारको ससर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निःसर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा तथा जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने लक्ष्य महानगरले राखेको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते