होमपेज > सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ

बिज्ञापन
बिज्ञापन

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो ।

बिज्ञापन

सुन तस्करी प्रकरणमा रुपन्देहीमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई विमानबाट काठमाडौं ल्याइएको छ। महरा आज बिहान रुपन्देहीबाट पक्राउ परेका थिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाइएको जानकारी दिए।

बिज्ञापन

आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए। त्यही अनुसार प्रहरीले सक्रियता बढाएको छ। हिजो मात्र , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका एआइजी श्यामलाल ज्ञवालीले सुन तस्करी प्रकरणको पुरक अनुसन्धान गर्ने जनाएका थिए।

२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट ९भेप० ल्याएका थिए। ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो। सो प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको थियो। तर सीआईबी उनीविरुद्ध मुद्दा नचलाई कागज गराएको छाडेको थियो।

बिज्ञापन

सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका लागि थुनामा छन्। पूर्वसभामुख समेत रहेका महरालाई पनि सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते