सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो । गत असोज १२ गते आइतबार सुनको मूल्य एक लाख १७ हजार रुपैयाँ पुगेको थियो ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १७ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ८५० सय रुपैयाँ रहेको छ ।
बिज्ञापन
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार पाँच सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।








