होमपेज > पूर्वराजा ज्ञानेन्द्रको परिवारको नाममा सोल्टी होटलमा १९ अर्ब रुपियाँ

पूर्वराजा ज्ञानेन्द्रको परिवारको नाममा सोल्टी होटलमा १९ अर्ब रुपियाँ

बिज्ञापन
बिज्ञापन

नेपाल वायुसेवा निगमको संरचनात्मक तथा व्यवस्थापकीय अध्ययन समितिले पाँच तारे होटल सोल्टीको सेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएपछि पुँजी बजारमा तरङ्ग आएको छ । जहाज नै खरिद गर्न पुग्ने गरी निगमको सेयर कति रहेछ भनेर तरङ्ग सिर्जना गरेको हो ।

बिज्ञापन

सोल्टी होटल लिमिटेडको वित्तीय विवरणअनुसार दोस्रो ठूलो लगानीकर्ता रहेको नेपाल वायुसेवा निगमलाई जहाज खरिद गर्न पुग्ने गरी सेयर रहेको बताइएको छ । तर, सोल्टीमा सबैभन्दा धेरै सम्पत्ति चाहिँ पूर्वराजा ज्ञानेन्द्रको परिवारको रहेको छ ।

बिज्ञापन

कम्पनीको वित्तीय विवरणअनुसार पूर्वराजा ज्ञानेन्द्रको परिवारको नाममा सोल्टी होटलमा रहेको सेयर मूल्य करिब १९ अर्ब रुपियाँको रहेको छ । पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा शाह, सोल्टी इन्टरप्राइजेज लिमिटेड प्रा.लि. र भतिजीहरू पूजा राज्यलक्ष्मी देवी शाही, शितास्मा राज्यलक्ष्मी देवी शाह र दिलासा राज्यलक्ष्मी देवी राणाको नाममा रहेको सेयरको कुल मूल्य १८ अर्ब ८२ करोड ७५ लाख ५ हजार ७४८ रुपियाँ बराबरको रहेको छ ।

एता, सोल्टी होटलमा निगमको १ करोड ३३ लाख ३ हजार ६९९ कित्ता सेयर रहेको छ । जसको धितोपत्रको दोस्रो बजारको अन्तिम कारोबार मूल्यअनुसार ४ अर्ब ४५ करोड ३८ लाख २४ हजार २ सय ६९ रुपियाँ रहेछ । निगमको मात्रै साढे ४ अर्ब रुपियाँको सेयर रहेको र सो बेच्न सुझाव आएपछि धितोपत्रको दोस्रो बजार कम्पनीको मूल्य भने घट्न थालेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते