होमपेज > आईफोन १५ खरिद गर्न बिहान ४ बजेदेखि लाइनमा

आईफोन १५ खरिद गर्न बिहान ४ बजेदेखि लाइनमा

बिज्ञापन
बिज्ञापन

आईफोन १५ खरिद गर्न भारतका एप्पल स्टाेरमा भिड लागेकाे छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार मानिसहरू आईफोन १५ किन्न शुक्रबार बिहानैदेखि एप्पल स्टोरमा लाम भएर लागेका छन् ।

बिज्ञापन

एप्पलको बहुप्रतिक्षित आईफोन १५ सिरिज शुक्रवारदेखि एप्पल स्टोरमा उपलब्ध भएको छ । १२ सेप्टेम्बरमा सार्वजनिक भएको सो सिरिज १५ सेप्टेम्बरदेखि प्रि-अर्डरका लागि खुलाइएको थियो ।

बिज्ञापन

हिन्दुस्तान टाइम्सका अनुसार बीकेसी मुम्बई, साकेट र नयाँ दिल्लीमा आईफोन १५ खरिद गर्न चाहनेहरूको लाइन थामिनस्कनुको छ । नयाँ दिल्ली सिटी वाकमा रहेको एप्पल स्टोरमा आईफोन १५ प्रो म्याक्स खरिद गर्न गएका राहुल भन्ने व्यक्तिले सञ्चार माध्यमलाई आफू बिहान चारै बजेदेखि लाइन लागेको बताए । “म बिहान ४ बजेदेखि लाइनमा छु,” राहुलले समाचर एजेन्सी एएनआईलाई भने, “बिहान लाइन लागेपछि बल्ल आईफोन १५ प्रो म्याक्स खरिद गर्न सकेँ ।”

आफूले त्यसभन्दा पहिले आईफोन १३ प्रो म्याक्स, १४ प्रो म्याक्स जस्ता डिभाइस प्रयोग गरिसकेकाले आईफोन १५ खरिद गर्न उत्सुक भएको उनले बताए । अहमेवादका आन नाम भएका व्यक्तिले आफू आईफोन १५ प्रो खरिद गर्न बिहीवार मात्र प्लेन चढेर दिल्ली आएको सुनाए । “छ महिनाअघि एप्पल स्टोरको उद्घाटन हुँदा पनि म आएको थिएँ,” उनले भने, “त्यसबेला टिम कुकलाई भेट्ने मौका मिलेको थियो ।”

बिज्ञापन

भारतमा आईफोन १५ प्रो र १५ प्रो म्याक्समा कम्पनीले छ हजार भारू र आईफोन १५ तथा १५ प्लसमा १५ हजार भारू छुट दिएको छ । तर यो छुट पाउनका लागि प्रयोगकर्ताले एचडीएफसी बैंक कार्ड प्रयोग गरी वेबसाइटबाट खरिद गरेको हुनुपर्छ ।

भारतमा आईफोन १५ को सुरुवाती मूल्य ७९ हजार ९०० भारू, १५ प्लसको ८९ हजार ९०० भारू, १५ प्रोको एक लाख ३४ हजार ९०० भारू र १५ प्रो म्याक्सको एक लाख ५३ हजार ९०० भारू रहेको छ । त्यस्तै प्रयोगकर्ताले ईएमआईमा पनि तीन वा छ महिनामा भुक्तानी सम्पन्न गर्नेगरी खरिद गर्न सक्छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते