दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
बिज्ञापन
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३९ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो। यसमा लक्ष्मी क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ।
बिज्ञापन
दरम खोला हाइड्रोले बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं.११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजनाको निर्माण कार्य ८०% सम्पन्न भइसकेको कम्पनीले जनकारी गराएको छ।








