होमपेज > बीमाबाट क्षतिपूर्ति रकम लिन श्रीमतीको हत्या

बीमाबाट क्षतिपूर्ति रकम लिन श्रीमतीको हत्या

बिज्ञापन
बिज्ञापन

श्रीमतीको हत्या गरी बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने एक जनासहित बारा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । आफ्नै श्रीमतीको हत्या गर्ने बारा कलैया उपमहानगरपालिका- २६ का नाथु देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

देवानसँगैं श्रीमतीको मृत्यु भए बीमाबाट मोटो रकम आउने भन्दै उनलाई उक्साएको आरोमा एशियन लाईफ ईन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अंसारी पनि पक्राउ परेका छन् । यस्तै पक्राउ परेका अर्का एकजनाको नाम खुल्न सकेको छैन ।

बिज्ञापन

पक्राउ परेका देवानले अन्दाजी ४० वर्षिया पत्नी हजरा खातुनको नाममा एशियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयामा ५० लाख रुपैंयाको जीवन बीमा गराएका थिए । गत वर्ष भदौमा हजाराको मृत्यु भएको थियो । बीमा अभिकर्ता अन्सारीमार्फत उनले श्रीमती खातुनको नाममा २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५ लाख र २५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा गराएका थिए ।

हजाराको गतबर्ष भदौमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भनिएको थियो । सवारी दुर्घटनामा मृत्यु भएको भनी आवश्यक कागजात बनाएर उनले बीमा दावी गरेपछि २०८० साल असारमा बीमा कम्पनीले देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैया क्षतिपूर्ति भुक्तानी गरेको थियो ।

बिज्ञापन

देवानले बीमाबाट रकम बुझिसकेपछि देवान पत्नी हजराकोे मृत्यु शंकास्पद भएको सूचना पाएको प्रहरीले देवानलाई सोही समयदेखि निगरानीमा राखेको थियो । देवानले श्रीमतीको आफूले नै हत्या गरेर दुर्घटनाको नाटक गरेर बीमा कम्पनीबाट रकम निकालेको भन्दै हिँडेको पाईए पछि उनीहरुलाई सोमवार प्रहरीले पक्राउ गरेको हो । उनले घाँटीमा सलले बेरेर श्रीमतीको हत्या गरेका थिए ।

बीमाबाट रकम लिन पत्नी हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको बारा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिनकै लागि श्रीमतीको हत्या गरिएको पुष्टि भएको छ, उनले भने, घटनाको गहिरो गरी अनुसन्धान भइरहेको छ ।’ घटनामा अझै केहीको संलग्नताको आशंका छ । विस्तृत विवरणका लागि दुई दिन अझै पर्खिन पनि उनले आग्रह गरे ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते