होमपेज > साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट

साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट

बिज्ञापन
बिज्ञापन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अङ्कले ओरालो लागेर दुई हजार ९७ दशमलव २९ मा सीमित भएको छ ।

बिज्ञापन

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३ अङ्कले ओरालो लागेर तीन सय ९० दशमलव ५२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल एक करोड १३ लाख २३ हजार एक सय ८३ कित्ता शेयर रू पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार एक सय ७९ बराबरको कारोबार भएको छ ।

बिज्ञापन

नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू ४२ करोड ५६ लाख ५४ हजार सात सय सात बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट रू २७ करोड ५५ लाख ९६ हजार चार सय २७, सोल्टी होटल रू २० करोड ८६ लाख ५० हजार तीन सय १६, सूर्यज्योति लाइफ इन्स्योरेन्स रू १६ करोड ६७ लाख ५७ हजार दुई सय ९२ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रू १४ करोड ६८ लाख ८१ हजार आठ सय ६७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । सिटी होटल नौ दशमलव ९८, एनसिसी ऋणपत्र सात दशमलव ७८, लक्ष्मी इक्विटी फण्ड पाँच दशमलव ५६ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले पाँच दशमलव ४९ प्रतिशतले कमाएका छन् । त्यस्तै, सिर्जनशील लघुवित्त नौ दशमलव ३२, माउण्टेन इनर्जी नेपाल नौ दशमलव १२, गरिमा विकास लघुवित्त आठ दशमलव शून्य एक, साधना लघुवित्त सात दशमलव ५८ र गुराँस लघुवित्तका लगानकर्ताले सात दशमलव ३६ प्रतिशतले गुमाएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते