होमपेज > शेयर बजार ४ अंकले घट्यो, कारोबार रकम ६९ करोडमा झर्‍यो

शेयर बजार ४ अंकले घट्यो, कारोबार रकम ६९ करोडमा झर्‍यो

बिज्ञापन
बिज्ञापन

आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो ।

बिज्ञापन

नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिद बिक्री हुँदा कारोबार रकम भने ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ मा खुम्चिएको छ । आज नेप्सका उपसूचहरुमध्ये केही रातो र केही हरियो देखिएका छन् । विकास बैंक समूह एक दशमलव ५९, वित्त समूह दुई दशमलव १८ र होटल तथा पर्यटन समूह १० दशमलव १७ अङ्कले बढेका छन् ।

बिज्ञापन

त्यस्तै, जीवन बीमा तीन दशमलव ९३, उत्पादन तथा प्रशोधन नौ दशमलव ८९, म्युचुअल फन्ड शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव २४ अङ्कले बढेको छ । आज घट्नेमा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ३१ दशमलव ५७ अङ्कले घटेको छ ।

त्यसैगरी, बैंकिङ समूह एक दशमलव ०६, जलविद्युत् समूह २० दशमलव ६६, लगानी समूह शून्य दशमलव १६, लघुवित्त समूह २० दशमलव ६० र निर्जीवन बीमा समूह २६ दशमलव २५ अङ्कले घटेको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव २० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य चार दशमलव ६० प्रतिशतले घटेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते