होमपेज > बैंक–वित्तीय संस्थाविरुद्धको गतिविधि रोक्न सबै जिप्रकालाई गृह मन्त्रालयको निर्देशन

बैंक–वित्तीय संस्थाविरुद्धको गतिविधि रोक्न सबै जिप्रकालाई गृह मन्त्रालयको निर्देशन

बिज्ञापन
बिज्ञापन

गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरेर अवाञ्छित गतिविधि फैलाउनेलाई रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

बिज्ञापन

आज (शुक्रबार) मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएर गृहले बैंकका शाखाको सुरक्षामा खलल पार्ने तथा आन्दोलनको नाममा शान्ति सुरक्षा हनन गर्ने क्रियाकलाप बढ्न सक्ने भएकाले त्यसलाई रोक्न परिपत्र जारी गरेको हो ।

बिज्ञापन

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीविरुद्ध संगठित रूपमा नै आन्दोलन हुन थालेको छ । बैंकर्स संघको टोलीले बिहीबार गृहसचिव तथा प्रहरी प्रमुखलाई भेटेर सुरक्षा माग गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता जितेन्द बस्नेतले बैंकविरुद्धको आन्दोलनका नाममा अवाञ्छित गतिविधि बढ्न थालेको देखेपछि त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिए ।

झापाका मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वको समूहले बैंकविरुद्धको आन्दोलन गर्ने, मोसो समेत दल्ने धम्की दिएको छ । बैंक तथा वित्तीय संस्थाको शाखा बन्द गराउने अभियान समेत चलेको छ । पछिल्ला क्रियाकलापले बैंकका कर्मचारी डराउनु पर्ने स्थिति आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते