होमपेज > नेप्सेको ओरालो यात्राको असर: एक वर्षमा २४ अर्ब ८३ करोडले घट्यो सेयर धितो कर्जा

नेप्सेको ओरालो यात्राको असर: एक वर्षमा २४ अर्ब ८३ करोडले घट्यो सेयर धितो कर्जा

बिज्ञापन
बिज्ञापन

नेप्से सुचकांक निरन्तर घट्दा यसको असर बैंक तथा फाईनान्स कम्पनीहरुले सेयर धितो राखेर दिने कर्जा अर्थात मार्जिन लेण्डिङ लोनमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा सेयर धितो कर्जा गत आवको सोही अवधिको तुलनामा २४ अर्ब ८३ करोड रुपैंयाँले घटेको छ ।

बिज्ञापन

नेप्से सुचक २०७८ पुसमा २८ सय ५७ अंकमा कायम रहेको थियो । नेप्सेले यो कायम गर्दा बैंक तथा फाईनान्स कम्पनीहरुले सेयर धितो लिएर ९९ अर्ब ७० करोड २० लाख रुपैंयाँ कर्जा दिएका थिए ।

बिज्ञापन

तर चालु आवको पछिल्लो छ महिना अर्थात २०७९ पुसमा नेप्से सुचकाँक घटेर २१ सय ४९ अंकमा खुम्चिएको छ । यस अवधिमा भने बैंक तथा फाईनान्स कम्पनीहरुले जम्मा ७४ अर्ब ८७ करोड २० लाख रुपैंयाँ कर्जा दिएका छन् । बैंक तथा फाईनान्स कम्पनीहरुले सेयर धितो शिर्षकमा दिएको यो कर्जा गत आवको सोही अवधिको तुलनामा २४ अर्ब ८३ करोड रुपैंयाँले कम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सेयर बजार ओरालो लाग्दा बाँणिज्य बैंकहरुले दिने सेयर धितो कर्जा निकै नै घटेको छ । राष्ट्र बैंकका अनुसार गत आवको पुस मसान्तमा सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरुले सेयर धितो शिर्षकमा मात्र ८३ अर्ब ७० करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । तर अहिले बाँणिज्य बैंकहरुले यस्तो कर्जा घटाएर ५८ अर्ब ४० करोड ५० लाख रुपैंयाँमा सिमित राखेका छन् । बाँणिज्य बैंकहरुले सेयर धितो कर्जा घटाउँदा बिकास बैंकहरुले भने बढाएका छन् । गत आवको पुस मसान्तमा बिकास बैंकहरुले सेयर धितो लिएर १२ अर्ब १९ करोड ४० लाख रुपैंयाँ कर्जा दिएका थिए । चालु आवको पुस मसान्तमा भने बिकास बैंकहरुले यस्तो कर्जा बढाएर १२ अर्ब ६६ करोड ९० लाख रुपैंयाँ पुर्याएका छन् ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने २०७८ पुस मसान्तमा सेयर धितो लिएर तीन अर्ब ८० करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । चालु आवको पुस मसान्तमा भने फाईनान्स कम्पनीहरुको यस्तो कर्जा तीन अर्ब ७९ करोड ८० लाख रुपैंयाँमा सिमित भएको छ ।

बिवरण                    २०७९ पुस मसान्त                २०७८ पुस मसान्त            फरक
बाँणिज्य बैंक             ५८४०५                             ८३७०५                           २५३००
बिकास बैंक              १२६६९                               १२१९५                            ४७५
फाईनान्स                   ३७९८                                   ३८०९                            ११
कुल                          ७४८७२                                    ९९७०२                        २४८३०

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते