होमपेज > ‘भ्यालेन्टाइन डे’मा कवि बसन्त चौधरीको एकल कविता वाचन हुने

‘भ्यालेन्टाइन डे’मा कवि बसन्त चौधरीको एकल कविता वाचन हुने

बिज्ञापन
बिज्ञापन

काठमाडौं । यो वर्षको ‘ भ्यालेन्टाइन डे’(प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको छवि बनाएका बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ ।

बिज्ञापन

यो वर्षको भ्यालेन्टाइन डे(प्रणय दिवस)को अवसर पारी फेब्रुअरी १४(फागुन २ गते) चौधरीको विशेष कविता वाचन कार्यक्रम आयोजना हुने भएको हो ।

बिज्ञापन

‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ । फागुन २ गते दिउँसो ३ः४५ बजेदेखि काठमाण्डौको मण्डला थिएटरमा प्रेमसँग सम्बन्धित कवितासहित कवि तथा साहित्य चौधरी पोखिनेछन् । भ्यालेन्टाइन डेलाई विशेष बनाउन प्रेमका कविता तथा रचना प्रस्तुत गर्दै एकल कविता वाचन कार्यक्रम आयोजना गरिनु नेपाली साहित्यमै उल्लेख्य काम हो ।

बिज्ञापन

एकल कविता वाचन कार्यक्रममा कवि चौधरीले एकदर्जन बढी प्रेमिल कविताहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यो दिन उनका दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) तथा ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह) समेत लोकार्पित गरिनेछन् । सो कार्यक्रममा सहभागिताका लागि ९८१९१४०४९० मा सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्नुपर्नेछ ।

बसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि स्थापित नाम हो । उनले केही वर्षअघि नेपाली साहित्यको उन्नयनका लागि विश्व काव्ययात्राको आयोजना गरी विभिन्न देशमा पुगेर प्रेमिल कविताहरु प्रस्तुत गरेका थिए ।

नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सशक्त सिर्जनाहरु सार्वजनिक गरिसकेका छन् । केही समयअघि उनका ८५ वटा कविताहरुको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् । त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो । ‘मेघा’देखि ‘तिमीबिनाको म’सम्म उनका एकदर्जन कृतिहरु प्रकाशित छन् ।

चौधरीका कविता समकालीन मनुष्यका सुखदुःख, हास्य एवम् रोदन अर्थात प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन् । उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीक अनौठा हुने गरेका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते