होमपेज > तीन महिनामा व्यापार घाटा १२ प्रतिशतले बढ्यो

तीन महिनामा व्यापार घाटा १२ प्रतिशतले बढ्यो

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ प्रतिशतले बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरणअनुसार साउन, भदौ र असोज महिनासम्मको अवधिमा आयात तथा निर्यात दुबै बढे पनि आयातको दर उच्च रहेकाले घाटा अझै बढेको हो।

बिज्ञापन

विभागका अनुसार तीन महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ थियो। यसअनुसार आयातमा १९.७९ प्रतिशत वृद्धि भएको छ। त्यस्तै, ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ को तुलनामा ८९.६४ प्रतिशतले वृद्धि भएको हो।

बिज्ञापन

यद्यपि निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो रहेकाले कुल व्यापार घाटा बढेको विभागले जनाएको छ। चालु आवको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ भन्दा १२.१८ प्रतिशतले बढी हो।

कुल वैदेशिक व्यापार भने २६.०४ प्रतिशतले वृद्धि भई ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार आयात–निर्यात अनुपातमा भने केही सुधार देखिएको छ। अघिल्लो वर्ष १०.१८ गुणा रहेको यो अनुपात चालु आवमा घटेर ६.४३ गुणामा पुगेको छ। विश्लेषकहरूका अनुसार निर्यात वृद्धिदर उत्साहजनक भए पनि आयात नियन्त्रणमा नआए नेपालको दीर्घकालीन व्यापार सन्तुलनमा सुधार गर्न चुनौती रहनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते