होमपेज > दुई महिनामा तीन खर्ब ५२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ३३.१ प्रतिशतले वृद्धि

दुई महिनामा तीन खर्ब ५२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, ३३.१ प्रतिशतले वृद्धि

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिनामा तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार, यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशतले बढी हो।

बिज्ञापन

गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर १५.८ प्रतिशत मात्र रहेको थियो। यस वर्षको भदौ महिनामा मात्रै एक खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

वैदेशिक रोजगारतर्फको तथ्याङ्क

बिज्ञापन

रिपोर्ट अनुसार समीक्षा अवधिमा नयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीहरूको संख्या ९० हजार १९८ पुगेको छ, जबकि पुनः श्रम स्वीकृति लिनेहरूको संख्या ४५ हजार ८८४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ स्वीकृति लिने संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिने ४० हजार ५८३ थियो।

राष्ट्र बैंकका अनुसार, वैदेशिक रोजगारीमा वृद्धि र औपचारिक माध्यमबाट पैसा पठाउने चलन बढेकाले रेमिट्यान्स प्रवाहमा उच्च वृद्धि भएको हो। रेमिट्यान्स वृद्धिले देशको भुक्तानी सन्तुलन सुधार्न र विदेशी मुद्राको भण्डार सुदृढ बनाउन सहयोग पु¥याएको बताइएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते