बिज्ञापन
बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले अब विश्वप्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्ट र कृत्रिम बौद्धिकता (AI) कम्पनी एन्थ्रोपिकमा वरिष्ठ सल्लाहकारको भूमिका निर्वाह गर्ने भएका छन्।
बिज्ञापन
दुबै कम्पनीसँगको सल्लाहकार भूमिकामा सुनकले प्रविधि, नवप्रवर्तन, नियमन, डिजिटल रूपान्तरण तथा भू-राजनीतिक रणनीतिमा उच्च-स्तरीय मार्गदर्शन दिनेछन्। माइक्रोसफ्टले औपचारिक विज्ञप्तिमार्फत उनलाई नियुक्त गरिएको पुष्टि गरेको छ।
सुनकले आफूले यी पदबाट प्राप्त गर्ने सम्पूर्ण तलब र सेवा सुविधा आफ्नी पत्नी अक्षता मूर्तिसँग मिलेर स्थापना गरेको परोपकारी संस्था ‘The Richmond Project’ मा दान दिने घोषणा गरेका छन्। उक्त संस्था युवा, उद्यमशीलता र सार्वजनिक सेवा प्रवर्द्धनमा केन्द्रित छ।
बिज्ञापन
कार्यको अनुमति, तर स्पष्ट सर्तहरू
बेलायतको सरकारी नियुक्ति निगरानी निकाय ACOBA (Advisory Committee on Business Appointments) ले सुनकलाई दुबै कम्पनीसँग अंशकालिक तलबयुक्त सल्लाहकारको रूपमा काम गर्न अनुमति दिएको हो।
तर, उनीमाथि कडा शर्तहरू पनि लागू छन्:
उनले बेलायती नीतिगत निर्णयमा कुनै सल्लाह वा हस्तक्षेप गर्न नपाउने।
उनले प्रधानमन्त्रीका रूपमा कार्यरत रहँदा प्राप्त गोप्य वा विशेषाधिकार प्राप्त जानकारी प्रयोग गर्न नपाउने।
सुनकले अगामी दुई वर्षसम्म कुनै पनि कम्पनीको तर्फबाट बेलायती सरकारसमक्ष पैरवी (लबिङ) गर्न पाउने छैनन्।
ऋषि सुनक को हुन्?
ऋषि सुनक बेलायतका पहिलो गैर-श्वेत (भारतीय मूलका) प्रधानमन्त्री हुन्। उनी २०२२ को अक्टोबरदेखि २०२४ को जुलाईसम्म बेलायतको प्रधानमन्त्री भए। त्यसअघि उनीले अर्थमन्त्री (Chancellor of the Exchequer) को भूमिका समेत सम्हालेका थिए।
सुनक भारतीय उद्यमी परिवारमा जन्मिएका हुन्, उनका ससुरा नारायण मूर्ति भारतीय आईटी कम्पनी इन्फोसिसका संस्थापक हुन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्र पढेका छन् र स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए गरेका छन्।
प्रधानमन्त्रीका रूपमा उनले AI नीति, डिजिटल सुरक्षा र जलवायु परिवर्तन लगायत विषयमा अन्तर्राष्ट्रिय नेतृत्वदायी भूमिका खेलेका थिए।
प्रविधिमा उच्च चासो राख्ने नेताबाट परामर्शदातासम्मको यात्रा
प्रधानमन्त्रीका रूपमा कार्यरत रहँदा ऋषि सुनकले प्रविधिको क्षेत्रमा बेलायतलाई वैश्विक ‘AI सुपरपावर’ बनाउने लक्ष्य लिएका थिए। उनले २०२३ मा AI सुरक्षा शिखर सम्मेलन आयोजना गरेर विश्वका प्रमुख टेक कम्पनी र नेताहरूलाई एकत्रित गरेका थिए।
उनको प्रविधिप्रतिको रुचि र दृष्टिकोणलाई नै ध्यानमा राख्दै माइक्रोसफ्ट र एन्थ्रोपिकजस्ता कम्पनीहरूले उनलाई सल्लाहकारमा नियुक्त गरेका विश्लेषण गरिन्छ।








