होमपेज > महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने भएको छ।

बिज्ञापन

बैंकले र्‍याडिसन होटल लाजिम्पाट, काठमाडौंसँगको सहकार्यमा चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुलाई लक्षित गर्दै यो योजना अघि सारेको हो। सम्झौता अनुसार, बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्।

सम्झौताअनुसार ग्राहकहरूले र्‍याडिसन एयरपोर्ट लाउन्ज सेवामा १५ प्रतिशत, इजाकाया होकाइडो होटलसहितका खाद्य तथा पेय पदार्थमा २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, ट्रानक्विलिटी स्पा सेवामा १५ प्रतिशत र र्‍याडिसन फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बिज्ञापन

बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकलाई विदेश यात्रा र बैंकिङ सेवासँगै जीवनशैलीसम्बन्धी सुविधामा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।

त्यसैगरी, बैंकले हालै आफ्ना क्रेडिट कार्ड वाहकका लागि नयाँ योजना सुरु गरेको छ । जसअन्तर्गत विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्न सकिने र खरिद रकमलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दीमा रूपान्तरण गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।

महालक्ष्मी विकास बैंकले देशभरका शाखामार्फत वित्तीय पहुँच विस्तार गर्दै ग्राहकमैत्री सेवाहरू निरन्तर थपिरहेको जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते