बिज्ञापन
एभरेष्ट बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्न चाहने लगानीकर्ताका लागि आज असोज २३ गते अन्तिम दिन रहेको छ। बैंकले असोज २४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजभित्र शेयर किन्ने वा कायम रहने शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन सक्नेछन्।
बिज्ञापन
बैंकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १४ प्रतिशत नगद लाभांश, गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ रहेको छ। बैंकको प्रस्तावित लाभांश आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ।
एभरेष्ट बैंकले कार्तिक १२ गते, बुधबार वार्षिक साधारणसभा बोलाएको छ, जसमा लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ।








