जेनजी आन्दोलनबाट ध्वस्त भएको सिंहदरबार पुनःनिर्माण अब नेपालीकै हातबाट हुनुपर्ने भन्दै गोरखा जिल्लाका स्थायी बासिन्दा समाजसेवी तथा युवा पर्यटन व्यवसायी नवराज अम्गाईले राष्ट्रिय अभियान सुरु गर्ने घोषणा गरेका छन्।
बिज्ञापन
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबारमा लागेको आगलागीको तस्वीर सार्वजनिक गर्दै उनले पुनर्निर्माण कोष स्थापना गर्न आग्रह गर्दै प्रारम्भिक चरणमा आफ्नो तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।
बिज्ञापन
उनले एकले मात्र होइन, सबै नेपालीलाई ऐतिहासिक तथा राष्ट्रिय महत्वको संरचना पुनःनिर्माणमा सामूहिक सहभागिता जनाउन आह्वान पनि गरेका छन्। “सबैले आवाज उठाऔं, जुटेर सहयोग गरौं,” भन्दै अम्गाईले सिंहदरबारलाई पुनः गौरवमय बनाउन सहकार्य अपरिहार्य रहेको बताए।








