नेपालको अग्रणी मोबाइल ब्रान्ड सामसङले यस वर्षको दशैंलाई अझ विशेष बनाउने उद्देश्यले ‘दिनदिनै दशैं’ नामक उपभोक्ता अफर सार्वजनिक गरेको छ। २०२५ सेप्टेम्बर १ देखि २८ तारिखसम्म लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गरेर दैनिक उपहार जित्ने अवसर पाउनेछन्।
बिज्ञापन
अफरमा सहभागी हुन ग्राहकले आफ्नो नयाँ सामसङ उपकरणको Serial Number टाइप गरी Samsung <space> Serial No. लेखेर ३५००१ मा SMS पठाउनुपर्नेछ। प्रत्येक दिन, एकजना भाग्यशाली विजेताले रु. १ लाखको भाटभटेनी शपिङ भौचर जित्नेछन् भने अन्य १० जना विजेताले रु. १०,००० बराबरको शपिङ भौचर प्राप्त गर्नेछन्।
बिज्ञापन
यी भौचरहरू दैनिक उपभोग्य सामग्रीदेखि चाडपर्वको तयारीसम्म कुनै पनि प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले उपहार उपयोगी र उत्साहजनक बन्न पुगेको सामसङले जनाएको छ।
MX सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भनेका छन्, ‘हामी हरेक चाडपर्वमा आफ्ना ग्राहकसँग जडान हुन चाहन्छौं। ‘दिन दिनै दशैं’ अफरमार्फत हामीले ग्राहकको चाडपर्वको उत्सवमा दोब्बर खुशी थप्न खोजेका छौं।’
बिज्ञापन
ग्राहकहरूले *#06# डायल गरेर सजिलै आफ्नो Serial Number प्राप्त गर्न सक्नेछन्। SMS पठाएपछि तुरुन्तै दर्ता भएको पुष्टि सन्देश प्राप्त हुनेछ। दैनिक विजेताहरूको नाम तथा Serial Number Samsung Nepalका आधिकारिक फेसबुक पेजहरू – Smart Plaza Nepal र IMS Nepal मा प्रकाशित गरिनेछ।
यो अफर सामसङका आधिकारिक विक्रेता तथा ईकमर्स प्लेटफर्महरूमार्फत देशभर उपलब्ध रहेको छ। अफरमार्फत सामसङले ग्राहकसँगको सम्बन्धलाई अझ मजबुत बनाउने र चाडपर्वलाई अझ उल्लासपूर्ण बनाउने विश्वास लिएको छ।








