नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई नयाँ शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित एमक्युब नेपालले ‘काठमाडौ क्रोनिकल्स’ कार्यक्रम घोषणा गरेको छ। मेरियट काठमाडौंले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ। काठमाडौँ क्रोनिकल्स’ मेरियटका मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिभिसन पार्टनर र सरोकारवालाहरूका लागि विशेष अनुभव हुने बताइएको छ।
बिज्ञापन
सम्मेलन हलभन्दा बाहिर निस्केर सांस्कृतिक सम्पदासम्म सहभागीलाई लैजाने उद्देश्य राखिएको यो कार्यक्रममा बिवाइडीको सहकार्यमा यातायात सुविधा उपलब्ध हुनेछ।कार्यक्रमको प्रमुख आकर्षण भनेको ‘ट्रेजर हन्ट’हो, जसअन्तर्गत सहभागीहरूलाई समूहमा विभाजन गरी बिवाइडी गाडीमार्फत काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ पुर्याइनेछ।
बिज्ञापन

त्यहाँ उनीहरूले पजल समाधान गर्ने, टास्क पूरा गर्ने र सम्पदासँग सम्बन्धित कथाहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन्।मेरियट काठमाडौंबाट सुरु हुने यो कार्यक्रम फेयरफिल्ड बाई मेरियटमा सम्पन्न हुनेछ। अन्त्यमा विजेता टोलीलाई ‘काठमाडौं एक्सपर्ट्स’ उपाधि प्रदान गरिनेछ।








