बिज्ञापन
स्थानीय बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । तीज नजिकै गर्दा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३५० मा खरिद–बिक्री भइरहेको छ ।
शुक्रबार (भदौ ६) एक तोला सुन एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । त्यति नै परिमाणको चाँदी दुई हजार ३१० रुपैयाँमा क्रयविक्रय भएको थियो ।
बिज्ञापन
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, आज प्रतिऔँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








