होमपेज > रोल्पाका विभिन्न स्थानीय तहमा बृहत आखा शिविर सञ्चालन हुँदै

रोल्पाका विभिन्न स्थानीय तहमा बृहत आखा शिविर सञ्चालन हुँदै

बिज्ञापन
बिज्ञापन

रोल्पामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिवाङ, रोल्पाको आयोजनामा रोल्पा जिल्लाका विभिन्न स्थानमा बृहत आँखा उपचार शिविर सञ्चालन हुने भएको हो।

बिज्ञापन

शिविरमार्फत आँखाको सामान्य परीक्षण, औषधि वितरण, चस्मा जाँच तथा आवश्यक परे मोतियाबिन्दु शल्यक्रिया जस्ता सेवा निःशुल्क प्रदान गरिनेछ। कार्यक्रमको तालिका अनुसार, शिविर भदौ १३ गतेदेखि २६ गतेसम्म जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन हुनेछ।

बिज्ञापन

शिविर भाद्र १३ गते परिवर्तन गाउँपालिकाको थवाङ नेपाल रेडकस सोसाइटीको भवन, भाद्र १५ गते माडी गाउँपालिका कोर्चाबाङ स्वास्थ्य चौकी मिनाही, भाद्र १६ गते रोल्पा नगरपालिकाको १० नं.वडा कार्यालय भवन धबाङ, भाद्र १७ गते त्रिवेणी गाउँपालिकाको नेर्पा स्वास्थ्य चौकी जुगारमा सञ्चालन गरिने छ । यस्तैऽ भाद्र १८ गते लुङ्ग्री गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवन सिर्प, १९ गते रोल्पा नगरपालिका कोटगाउँ स्वास्थ्य चौकी, २० गते लुङ्ग्री गाउँपालिका आधारभूत स्वास्थ्य केन्द्र नम्जा, २१ गते रोल्पा नगरपालिका वडा नं. ७ को वडा कार्यालय माडिचौर, २२ रोल्पा नगरपालिका ३ खुमेल स्वास्थ्य चौकी, २३ गते सुनिलस्मृति गाउँपालिका ६ वडा कार्यालय भवन गजुल र २५,२६ तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिबाङ रोल्पामा आयोजकले जनाएको छ ।

शिविर बिहान १० बजे देखि दिउँसो २ बजे सम्म सञ्चालन हुनेछ। शिविरमा निःशुल्क उपचारसँगै, आवश्यकता अनुसार बिरामीलाई तिलगंगा सामुदायिक आँखा केन्द्रमा शल्यक्रियाका लागि सिफारिस गरिने आयोजकले जनाएको छ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते