बिज्ञापन
चेतन संघर्ष छेत्री , रोल्पा । नेपाल राष्ट्रिय भूपू सैनिक संघ जिल्ला कार्य समिति रोल्पाले तीज पञ्चमी विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अनुसार कार्यक्रम भदौ १२ गते (पञ्चमीको दिन) लिवाङस्थित टुँडिखेलमा हुने छ।
बिज्ञापन
कार्यक्रममा रोल्पा नगरपालिकाका सबै वडाका महिला दिदीबहिनीहरू सहित इच्छुक सबैलाई सहभागी हुन आग्रह गरिएको छ। संघले उक्त कार्यक्रममा सबैको सक्रिय उपस्थिति आवश्यक रहेको जनाउँदै बुद्धिजीवी, उद्योगी, व्यापारी, राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, सुरक्षा निकाय, खेलाडी तथा कलाकारहरूसम्मलाई पनि नैतिक, भौतिक तथा आर्थिक सहयोग गर्न अपिल गरेको छ।
सभापति खिम विक्रम केसीले जानकारी दिँदै कार्यक्रमलाई सफल बनाउन प्रत्येक वडामा रहेको टोल समितिबाट प्रतिनिधिहरूले एक दिन अगाडि नै आफ्नो नाम टिपाउनुपर्ने बताए।








