होमपेज > सिटिजन्स बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

सिटिजन्स बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बिज्ञापन

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले १ अर्ब ३२ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २.०८ प्रतिशतले घटेको छ। समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ। बैंकले ५.२५ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ।

बिज्ञापन

समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ९ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ४ करोड ८५ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि २.३२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ६ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ११.२० प्रतिशतले बढेको छ।

चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ७७ करोड ५४ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा ७ अर्ब ४० करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ६१ करोड ३२ लाख रुपैयाँ र रिजर्भमा ६ अर्ब ७० करोड १ लाख रुपैयाँ थियो। समीक्षा वर्षमा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

बिज्ञापन

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.१० प्रतिशत थियो। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ८.७६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.३० रुपैयाँ थियो। पीई रेसियो २६.०६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते