शेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको चौथो दिन बुधबार शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.३५ अंकले बढेर २८३६.३५ बिन्दुमा रोकिएको छ ।
बिज्ञापन
बुधबार नेप्सेमा कुल ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार नेप्सेमा कुल ९ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार कारोबारमा आएकामध्ये ११२ कम्पनीको शेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ ।
बिज्ञापन
आज विन नेपाल लघुवित्त, माहुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।








