होमपेज > साउन ३० देखि स्वस्तिक लघुवित्तको आइपीओ बिक्री खुला, क-कसले भर्न पाउने?

साउन ३० देखि स्वस्तिक लघुवित्तको आइपीओ बिक्री खुला, क-कसले भर्न पाउने?

बिज्ञापन
बिज्ञापन

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साउन ३० गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ।

बिज्ञापन

संस्थाले दोस्रो चरणमा सर्वसाधारणका लागि साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो। पहिलो चरणमा संस्थाले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरी बाँडफाँट गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले स्वस्थित लघुवित्तलाई जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँबराबरको साधारणस शेयर जारी गर्न अनुमति दिएको थियो। पहिलो चरणमा संस्थाले कुल निष्कासन १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल २३ हजार १०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री गरेको थियो।

बिज्ञापन

यसैगरी कुल २ लाख ३१ हजार कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको हो। यो आइपीओ लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

स्वस्तिक लघुवित्तको आइपीओ निष्कासन बन्द छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गते बैंकिङ समयपछि हुनेछ। स्वस्तिक लघुवित्तको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते