रोल्पाको माडी गाउँपालिका-३ परेवा छहरामा जीप दुर्घटना भएको छ । माडी गाउँपालिका २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ जिप सोमबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
बिज्ञापन
जिप सडकबाट ४०० मिटर तल खसेको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा हालसम्म घाइते भएका ५ जनालाई अस्पताल ल्याइएकामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जिपमा १५ जना सवार रहेको बताइएको छ ।








