होमपेज > एनआईसी एशिया बैंक र फ्रन्टलाइन हस्पिटलबीच विशेष छुट समझदारी

एनआईसी एशिया बैंक र फ्रन्टलाइन हस्पिटलबीच विशेष छुट समझदारी

बिज्ञापन
बिज्ञापन

एनआईसी एशिया बैंकका ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलमा प्रदान गरिने सेवाहरूमा विशेष छुट पाउने समझदारी भएको छ। नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन फ्रन्टलाइन हस्पिटलसँग बैंकले गरेको सहकार्यअनुसार ग्राहकहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बिज्ञापन

सम्झौतापत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा उपलब्ध सेवा लिँदा छुट पाउने छन्। यसका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नु पर्नेछ।

बिज्ञापन

बैंकले यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य सेवामा राहत दिने मात्र होइन, मुलुकमा डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने विश्वास लिएको छ। यस किसिमको साझेदारीबाट नगदरहित कारोबारलाई प्रवाह दिने, ग्राहक सेवा प्रभावकारी बनाउने र डिजिटल इकोसिस्टम सुदृढ पार्न टेवा पुग्ने बैंकले उल्लेख गरेको छ।

फ्रन्टलाइन हस्पिटलले काठमाडौं उपत्यकामा स्वास्थ्य उपचारका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ भने एनआईसी एशिया बैंक डिजिटल भुक्तानी र नवप्रवर्तनशील बैंकिङ सेवामा अग्रणी मानिन्छ। स्वास्थ्य र वित्तीय सेवा क्षेत्रको यस्तो सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास दुबै पक्षले व्यक्त गरेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते