होमपेज > सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस (सूचनासहित)

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस (सूचनासहित)

बिज्ञापन
बिज्ञापन

सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा ज्येष्ठता, कार्यसम्पादन मुल्यांकन र व्यावसायिक क्षमतालाईसमेत आधारमानी बढुवा सिफारिस गरिएको छ ।

बिज्ञापन

रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा सिफारिस गरिएको हो । ज्येष्ठता तथा व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्याङ्कन लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको र यसले सङ्गठनको बृत्तिविकास र सुरक्षा फौजको मनोबलमा हौसला वृद्धि हुने विश्वास सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले व्यक्त गरे ।

बिज्ञापन

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरू रहेका छन् भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरू तेस्रो ब्याच , सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याच बाट ज्येष्ठता , व्यावसायिक क्षमता तथा कार्य सम्पादन मूल्याङ्कनलाई समेत आधार मानेर गरिएको छ । यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरू ९ औँ ब्याचका रहेका छन् ।

मुख्यालयले बढुवा हुनको लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकमा १५ दिनभित्र बढुवा फारम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो ।

बिज्ञापन

बढुवा मूल्याङ्कन फारामको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न समेत भनिएको थियो ।

-हेर्नुहोस् सूचना:

1

2

3

4

 

5

6

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते