होमपेज > साउन २६ देखि माबिलुङ्ग इनर्जीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

साउन २६ देखि माबिलुङ्ग इनर्जीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

बिज्ञापन
बिज्ञापन

माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ।

बिज्ञापन

कम्पनीले धितोपत्र बोर्डबाट १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्न स्वीकृति पाएको थियो, जुन कुल जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत हो। यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरूका लागि तथा १ लाख ५० हजार ४७१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी भई बाँडफाँट भइसकेको छ।

बिज्ञापन

अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्कासन गर्न लागेको हो। त्यसमा ३० हजार ९५ कित्ता कर्मचारीहरूका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो शेयर निष्कासन छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गते बन्द हुनेछ।

कम्पनीको आईपीओ निष्कासनको लागि इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस’ प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औसत जोखिममा रहेको संकेत गर्छ। माबिलुङ्ग इनर्जीले सञ्चालन गरेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत् आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ। प्रति मेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको यो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै ३१ वर्ष बाँकी छ। परियोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष र छुट ९ (discounted) अवधिमा १७.०९ वर्ष रहेको छ।

बिज्ञापन

यस आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते