होमपेज > सीवाइसी नेपाल लघुवित्तको नाफा तीन गुणा बढ्यो, इपिएस कति?

सीवाइसी नेपाल लघुवित्तको नाफा तीन गुणा बढ्यो, इपिएस कति?

बिज्ञापन
बिज्ञापन

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाफामा उछाल आएको छ । कम्पनीको नाफा तीन गुणा बढेको छ ।

बिज्ञापन

कम्पनीले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा कम्पनीको नाफा २०८.४४ प्रतिशत वृद्धि भई ११ करोड ७४ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

बिज्ञापन

कम्पनीको खदु ब्याज आम्दानी पनि ४१.३० प्रतिशत वृद्धि भई ४५ करोड ३ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि २५०.५३ प्रतिशत बढेर १६ करोड २७ लाख रुपैयाँ पुगेको छ । यसरी खुद ब्याज आम्दानी र संचालन नाफामा आएको बढोत्तरीले नै कम्पनीको खुद नाफा वृद्धि भिएको हो । कम्पनीको वितरणयोग्य नाफा ९ करोड १० लाख रुपैयाँ छ । यसका आधारमा कम्पनीको लाभांश क्षमता ३४.१७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा ४७ करोड २० लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिशेयर (इपिएस) ४४.०९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २७७.१७ रुपैयाँ छ । कम्पनीले खराब कर्जा पनि घटाएको छ । हाल यस्तो कर्जा ४.५४ प्रतिशत कायम भएको छ ।

बिज्ञापन

कम्पनीको व्यवसाय पनि सकरात्मक रुपमा बढेको छ । कम्पनीले गत आवमा आइपुग्दा ५ अर्ब ८६ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।यो अघिल्लो आवको तुलनामा १०.४९ प्रतिशत धेरै हो । यता, कर्जा प्रवाह पनि ४.९६ प्रतिशत बढाएर ६ अर्ब २५ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते