ग्लोबल अनप्याक्डपश्चात् सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड–७ र जेड फ्लिप–७ अल्ट्रा पातलो, हलुका र इन्ट्युटिभ इन्टेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रिअर्डर गर्न मिल्ने जनाएको छ ।
बिज्ञापन
ग्यालेक्सी जेड फोल्ड–७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र ए.आई प्रविधिलाई एकसाथ ल्याएको छ । यो डिभाइसले अल्ट्रा–स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने खोल्नेबित्तिकै ठूलो र इमर्सिभ डिस्प्लेमार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्छ ।
बिज्ञापन
ग्यालेक्सी जेड फ्लिप–७ चाहिँ स्मार्ट एआई फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो । यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम छ । फ्ल्यागसिप क्यामेरा, एज–टु–एज फ्लेक्सविन्डो र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउँछ ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स डिभिजन प्रमुख निर्देशक प्रणयरत्न स्थापित भन्छन्, “ग्यालेक्सी जेड फोल्ड–७ ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गरेको छ । ग्यालेक्सी एआई र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ ।”
बिज्ञापन
यसैगरी, ग्यालेक्सी जेड फ्लिप–७ ले परिस्कृत डिजाइन ल्याएको छ, जसमा अब झनै ठूलो र उपयोगी कभर स्क्रिन छ । अब यो स्क्रिनमा अझ धेरै विजेटहरू र एप्सहरूसँगको इन्टरेक्सन फोन खोल्नै नपरी सम्भव छ । दुईवटा क्यामेराको वरिपरि रहेको बेझेलमात्र १.२५ मिमी मोटाइको छ । ४.१ इन्चको फ्लेक्सविन्डोले पूरै सतह ओगटेको छ, जसले यो स्क्रिनलाई जेड फ्लिप सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो बनाएको छ ।
फोन फोल्ड गरिएको अवस्थामा पनि प्रयोगकर्ताले फ्लेक्सविन्डोबाटै दैनिक कामहरू सजिलै गर्न सक्छन्, जसले पकेटबाट झिकेर सीधै प्रयोग गर्न मिल्ने फोल्डेबल अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ । फ्लिप–७ को मुख्य क्यामेरा अहिले झनै राम्रो स्टेबलाइजेसन र रङको सटिकता दिन्छ भने थर्मल म्यानेजमेन्ट र सफ्टवेयर सुधारमार्फत ब्याट्री लाइफ पनि अझ लामो बनाइएको छ ।
प्रिअर्डरको लागि दर्ता गरी पाँच हजार रुपैयाँको अग्रीम भुक्तानी गरेपछि ग्राहकहरूले ओटिपी प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर उनीहरूले स्टोरमा नयाँ फोल्डेबल फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्नेछन् ।








