नेपाली बजारमा आज शुक्रबारको दिन सुनको मूल्य घटेको छ ।
बिज्ञापन
सुन आज तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
बिज्ञापन
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला दुई हजार २३५ रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।








