आज (आइतबार) २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।
बिज्ञापन
यसअघि, उच्च मूल्यको शेयर कारोबार गत वर्षको साउन ३१ गते भएको थियो । त्यस दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको थियो । यो रेकर्ड ब्रेक गर्नुअघि २१ अर्बको शेयर कारोबार भएर रेकर्ड बनाएको थियो । उक्त रेकर्ड गत वर्ष साउन ३१ गते तोडिएको थियो ।
बिज्ञापन
गत वर्षको यो रेकर्ड बनाउनुभन्दा अघिल्लो कारोबार दिन २३ अर्ब ४३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यसपछि एकै दिन ६ अर्ब बढेर नयाँ रेकर्ड बनेको थियो । आज दोस्रो बजार मापक नेप्से परिसूचकले बजार खुलेको ६ मिनेटमै गत वर्षको उच्च विन्दुको रेकर्ड तोडेको थियो । त्यसपछि बजार ३,०१३ विन्दुसम्म पुगेको थियो ।
गत वर्षको साउन ३१ गते बजार ३,०००.८१ विन्दुसम्म पुगेको थियो । तर, आज यो विन्दु पार भएको छ । आज बजार खुलेको ६ मिनेटमै ३,००२ विन्दुसम्म पुगेर पुन: झरेको थियो ।
बिज्ञापन








