ज्योति विकास बैंक लिमिटेडले स्थापनाको १७औं वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
बिज्ञापन
वि.सं. २०६५ सालको श्रावण ९ गते स्थापनाभएको बैंकले २०८२ सालको साउन ९ गते गौरवमय १७ वर्षको सफल यात्रा सम्पन्न गर्दै १८ औं वर्षमा प्रवेश गरेको हो।
बिज्ञापन
बैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको विधिवत उद्घाटन भएको उक्त समारोहमा बैंकका सञ्चालक समिति सदस्यहरू, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन समूह तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।
समारोहको अवसरमा बैंकले प्रविधिमा आधारित ग्राहक सेवा विस्तारको दिशामा एक कदम अघि बढ्दै २४ घण्टा ७ दिन सेवा उपलब्ध गराउने एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ।
बिज्ञापन








