नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि जारी गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ ।
बिज्ञापन
यसअघि साउन ९ (आज) सम्म आवेदन दिन पाउने भनिए पनि पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको छ । यसमा लगानीकर्ताले साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न असार १२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार ३ अर्ब रुपियाँ बराबरको प्रतिकित्ता १ हजार रुपियाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ ।
बिज्ञापन
जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत (सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ६० हजार कित्ता सहित) बिक्री गरिनेछ । लगानीकर्ताले न्यूनत २५ कित्ता र अधिकतम १२ लाख कित्ताको माग गर्दै आवेदन दिन सक्नेछन् । ८ वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर भने ७ प्रतिशत हुनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।








