होमपेज > हिमालयन बैंकद्धारा विराटनगरको सत्यनारायण आधारभुत विद्यालयलाई ४० थान डेस्कबेन्च प्रदान

हिमालयन बैंकद्धारा विराटनगरको सत्यनारायण आधारभुत विद्यालयलाई ४० थान डेस्कबेन्च प्रदान

बिज्ञापन
बिज्ञापन

हिमालयन बैंकले विराटनगर महानगरपालिका–७ स्थित सत्यनारायण आधारभुत विद्यालयलाई ४० थान डेस्कबेन्च प्रदान गरेको छ ।

बिज्ञापन

विद्यार्थीलाई पढ्न लेख्न सहज होस् भनेर हिमालयन बैंक विराटनगर शाखाले आइतबार ती डेस्कबेन्च हस्तान्तरण गरेको हो । विद्यार्थीहरूको उचाई अनुसार बसेर लेखपढ गर्न मिल्ने डेस्कबेन्च तयार गरेर हस्तान्तरण गरिएको हिमालयन बैंक विराटनगरका प्रमुख राजेश ढकालले बताए । ती डेस्कबेन्च विद्यालयकी प्रधानाध्यापक रेखा पराजुलीलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

बिज्ञापन

प्रधानाध्यापक पराजुलीले विद्यालयमा रहेका डेस्कबेन्च पुराना र विद्यालयको उचाई अनुसारका नभएका कारण लेखपढ गर्न कठिनाई भएको अवस्थामा बैंकले समस्या बुझेर फर्निचर उपलब्ध गराइदिएर सहजता प्रदान गरेको बताइन् । सामाजिक उत्तरदायित्वको क्रियाकलाप अन्तर्गत गत विद्यालयका लागि डेस्कबेन्च हस्तान्तरण गरेको हिमालयन बैंकका कोशी प्रदेश प्रमुख सन्तोष पराजुलीले बताए ।

२०२० सालमा स्थापित सत्यनारायण आधारभूत विद्यालयमा प्राथमिक तहको नर्सरी कक्षादेखि ५ कक्षासम्म अध्यापन हुँदै आएको छ । विद्यालयका करीव डेढ सय विद्यालय अध्ययनरत रहेका छन् ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते