सिटी होटलले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि अनुमति पाएको छ ।
बिज्ञापन
होटलले हाल कायम चुक्तापुँजी १ः०.८० अर्थात ८० प्रतिशत १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो । बोर्डले होटललाई आज साउन ४ गते अनुमति प्रदान गरेको हो ।
बिज्ञापन
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।








