होमपेज > सिटिजन्स बैंकको ‘मनाऔं साउन सिटिजन्स’सँग अफर सार्वजनिक, के-के छन् सुविधा?

सिटिजन्स बैंकको ‘मनाऔं साउन सिटिजन्स’सँग अफर सार्वजनिक, के-के छन् सुविधा?

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंकले साउन महिना भरिको लागि “मनाऔं साउन सिटिजन्ससँग” नामक अफर सार्वजनिक गरेको छ ।

बिज्ञापन

कम्पनीले साउन महिनालाई ध्यानमा राखेर महिलाका लागि यो अफर ल्याएको हो । उक्त अफरअन्तर्गत साउन महिनाको हरेक सोमबार कम्पनीको जुन सुकै शाखा कार्यालयमा गएर खाता खोल्दा ग्राहकले विभिन्न उपहार पाउने जनाइएको छ । कम्पनीका अनुसार ग्राहकले साउनको सोमबार खोलेको खातामा एक वर्षसम्म लकर कि धरौटीमा ५० प्रतिशतसम्म छूट पाउने छन् ।

बिज्ञापन

साथै कम्पनीले उक्त अफरमा पहिलो वर्षमा मोबाइल बैंकिङ्ग र डेबिट कार्ड पनि निःशुल्क प्रयोग गर्न पाइने सुविधा रहेको छ । साउन महिना खाता खोल्ने महिला ग्राहकलेले उपहार स्वरुप सौभाग्य सामग्री पनि पाउने छन् । कम्पनीले यो अफर सबै शाखाहरुमा साउन महिना भर लागू हुनेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?