होमपेज > प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा वेटर नेपाल संस्थालाई ५ लाख सहयोग

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा वेटर नेपाल संस्थालाई ५ लाख सहयोग

बिज्ञापन
बिज्ञापन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पिंगलास्थान काठमाडौँमा रहेको वेटर नेपाल संस्थालाई विद्यालय सञ्चालन गर्न ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बिज्ञापन

वेटर नेपालले सञ्चालन गरेको बाल सारथिले अनाथ तथा अति विपन्न वर्गका बालबाकालिकाहरुलाई शिक्षाको अवसर दिलाउँदै आएको छ । बुधवार बाल सारथिको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले बालसारथी संस्था सञ्चालन गर्ने वेटर नेपालकी अध्यक्ष डा. माला खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

बिज्ञापन

चेक हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरूलाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । कम्पनीले अति आवश्यक क्षेत्रको पहिचान गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग र सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यसै गरी वेटर नेपालकी अध्यक्ष डा. माला खरेलले अनाथ तथा अति विपन्न वर्गका विद्यार्थीहरूको पढाइलाई संस्थाले व्यहोरे पनि सो खर्चको स्रोत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जस्ता सहयोग संस्थाहरू र मनकारी व्यक्तिहरूको सहयोगले गर्दा नै निरन्तरता दिन सकिएकाले धन्यवाद व्यक्त गरिन ।

बिज्ञापन

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक समिति सदस्य सम्झना अर्याल (अस्मिता सुमार्गी), सुसन शेरचन, भावना बलायर, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने, नायब महाप्रबन्धक सोन बहादुर मगर, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे एवं वेटर नेपालका तर्फबाट कमला वली, आत्माराम पाण्डे, लगायतको उपस्थिति रहेको थियो ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते