आज -०२ साउन २०८२ शुक्रबारको राशिफल
बिज्ञापन
मेष
बिज्ञापन
मेहनतको परिणामले आत्मविश्वासमा वृद्धि हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव आउनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मिथुन
बिज्ञापन
नयाँ अवसरको साथमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित गर्न सकिनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह
सामुदायिक जिम्मेदारी वहन गर्नमा सफल भइनेछ। लगनशीलताले उपलब्धिका नयाँ स्रोतहरू फेला पर्नेछन्। धर्मकर्म प्रति मन लाग्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ३ रहेको छ।
तुला
मित्रता र प्रेमको बन्धन कसिनेछ। आफन्तहरूको स्नेह र सत्कार पाइनेछ। घुमफिर वा मनोरञ्जनमा समय व्यतित हुनेछ। अरुको कुरा सुनेर कुनै निष्कर्षमा नपुगौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
धनु
कार्यक्षेत्रमा कार्य थाल्नुभन्दा अघि योजना सार्वजनिक नगर्नुहोला। शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। गुरुजनहरूबाट सहयोग मिल्नेछ। दिगो कामको थालनी हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
काममा सोचेजस्तो सफलता मिल्नेछ। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
बृष
परिस्थितिवस खर्चमा वृद्धि हुनेछ। आशा देखाउनेहरूको भरपर्दा दुःख पाइनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
कर्कट
माननीयजनहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति गर्न सकिनेछ। कार्य क्षेत्रमा तारिफ योग्य कार्यको चर्चा हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
कन्या
खर्चमा वृद्धी र चुनौतीको समय रहेको छ सावधान रहनुहोला। सामान्य कामको लागि दौडधुप गर्नुपर्ला। तत्काल फाइदा हुने कार्य हात लाग्नेछ। सवारी साधन चलाउदा सावधान रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।
बृश्चिक
कला देखाएर समाजमा नाम स्थापित गर्न सकिनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मकर
समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कार्यक्षेत्रमा अरूको भरपर्दा कार्य बिग्रिन सक्ला। पारिवारिक सद्भावमा कमी आउनेछ। दोहोराएर कार्यकर्ता लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मीन
अभिव्यक्तिको कलालाई निखार्ने अवसर मिल्नेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। मेहनतले सम्माननीय स्थान दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।








