संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
बिज्ञापन
‘घुस डिल अडिओ प्रकरण’ मा मुछिएका मन्त्री गुप्ताले प्रधानमन्त्री ओलीको निर्देशनपछि आज मंगलबार राजीनामा दिएका हुन् ।ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे पनि गुप्तालाई सोधपुछ गरेका थिए ।
बिज्ञापन
केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच ७८ लाखको घुस डिलको अडिओ सार्वजनिक भएको थियो ।








