सूर्योदय वोमी लघुवित्तका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ हजार कित्ता शेयर बिक्री खुला गरेका छन् ।
बिज्ञापन
यसमा सूर्योदय वोमीकै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । लघुवित्त कम्पनीले यो शेयरको भाउ भने तोकेको छैन । शेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असार १९ गते) देखि ३५ दिनभित्र लघुवित्त कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४ ललितपुर र शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
बिज्ञापन
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।








