होमपेज > नयाँ कृषि कर्जा सुरक्षण योजना विषयक आधा दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

नयाँ कृषि कर्जा सुरक्षण योजना विषयक आधा दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिज्ञापन
बिज्ञापन

आज मिति २०८२ साल असार १३ गते शुक्रबारका दिन काठमाडौको रोयल सिंगी होटलमा यस UNDP को सहकार्यमा कोषले आयोजना गरेको Agri CGS Product Design – Stakeholders Feedback विषयक आधा दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कोषका पदाधिकारीहरु, ‍बिभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, कर्जा विभागका विभागीय प्रमुखहरु तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बिज्ञापन

अर्थतन्त्रको दिगो विकासको लागि कृषि क्षेत्रमा संस्थागत कर्जाको विस्तार गर्न त्यस्तो क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम न्यूनीकरण गरी लगानी बढाउन आवश्यक रहेको तथ्यलाई दृष्टिगत गरी कोषले तर्जुमा गर्न लागेको नयाँ कृषि कर्जा सुरक्षण योजना (Indivisual Agriculture Guarantee Scheme) का सम्बन्धमा सरोकारवालाहरुको राय सुझाव लिने यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रस्तावित नयाँ कृषि कर्जा सुरक्षण योजनाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको
थियो।

बिज्ञापन

कृषि क्षेत्रमा संस्थागत कर्जा पहुँचको वर्तमान अवस्था, तत्काल कर्जा विस्तार आवश्यक रहेका क्षेत्रहरु र सम्भावनाका थप क्षेत्रहरु लगायतका विषयमा सहभागीहरुले आआफ्नो धारणा राख्दै कोषले नयाँ सुरक्षण योजना तर्जुमा गर्दा ध्यानमा राख्नु पर्ने बुँदाहरुका सम्बन्धमा सुझाव दिनु भएको थियो । नयाँ सुरक्षण योजनामा कायम गर्ने सुरक्षण शुल्क र क्षतिपूर्ति दाबीको प्रतिशत अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत ध्यानमा राखी वैज्ञानिक ढंगले निर्धारण गर्न समेत सहभागीहरुले सुझाव दिनु भएको थियो।

कोषले तर्जुमा गर्न लागेको कृषि कर्जा सुरक्षणको नयाँ योजना तर्जुमा गर्ने कार्यमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्था UNDP को प्राविधिक सहायता रहेको छ। कृषि क्षेत्रमा संस्थागत कर्जा प्रवाह वृद्धि गर्दै वित्तीय पहुँच विस्तार गर्न सघाउ पुर्‍याउने उद्देश्यले कोषसँग UNDP ले सहकार्य गरेको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते