होमपेज > प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमालेख नवीकरणगर्दा ७५ प्रतिशतसम्म छुट

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमालेख नवीकरणगर्दा ७५ प्रतिशतसम्म छुट

बिज्ञापन
बिज्ञापन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट पाइने भएको छ।

बिज्ञापन

कम्पनीले एक सूचना जारी गर्दै व्यतित भएका बीमालेख असार ४ गतेदेखि असार १५ गतेसम्म रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो। कम्पनीले समुन्नती जीवन बीमा योजना तथा डबल धमाका बीमा योजनामा भने यो छुट सुविधा नरहेको जानकारी दिएको छ।

बिज्ञापन

कम्पनीले ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा २५ प्रतिशत, २ वर्षदेखि माथि तर ३ वर्षभन्दा कम अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत र २ वर्षभन्दा कम अवधिदेखि व्यतित रहेको बीमालेखमा ७५ प्रतिशत छुट दिने बताएको छ।

साथै एकपटक छुट सुविधा लिइसकेकाले बीमालेख अवधिभर पुनः छुट सुविधा नपाउने र छुट सुविधा प्रयोग गरेर रिन्यू गरिएका बीमालेख २ वर्ष नपुग्दै सरेण्डर भएमा त्यस्तो छुट सुविधा काटिने शर्त कम्पनीले राखेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते