माछापुच्छ्रे बैंक र नेपाल माइक्रो इन्स्योरेन्सबीच बीमा व्यवसायमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
बिज्ञापन
समझदारीपत्रमा माछापुच्छ्रे बैंकका अनुसन्धान तथा व्यापार पोर्टफोलियो विभागका प्रमुख कुमार ज्ञवाली र नेपाल माइक्रो इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसिईओ) अनिल राज गिरीले हस्ताक्षर गरेका हुन्।
बिज्ञापन
सहकार्य अन्तर्गत नवीन बीमा उत्पादनहरूको विकास, संयुक्त बजारीकरण अभियानको प्रवर्द्धन तथा सेवाप्रवाहलाई सरल, प्रभावकारी र पहुँचयोग्य बनाउने प्रयास गरिने बताइएको छ । यसले लघु बीमासम्बन्धी वित्तीय समाधानहरूलाई जनसाधारणसम्म सहज रूपमा पुर्याउने अपेक्षा गरिएको छ।







