होमपेज > आसाममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

आसाममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

बिज्ञापन
बिज्ञापन

भारतको पूर्वी राज्य आसाममा पछिल्लो चार दिनमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

बिज्ञापन

२२ जिल्लाका १ हजार २५४ गाउँहरू डुबानमा परेको आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणलाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । बाढीबाट सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकांडी, लखिमपुर र नगाउँ छन् । विपद् विभागका एक अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा बाढीमा डुबरेर थप दुई जनाको मृत्यु भएको छ ।

बिज्ञापन

आसाममा बाढीको अवस्था बिग्रँदै गएपछि मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री हेमन्त विश्वशर्मालाई फोन गरेर बाढीले पुर्‍याएको क्षतिबारे जानकारी लिएका छन् । प्रधानमन्त्री मोदीले बाढी प्रभावित क्षेत्रमा केन्द्र सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।

विपद् व्यवस्थापन प्राधिकरणका अनुसार २ जुन साँझ यता बाढीपहिरोबाट आसाममा २ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जबकि करिब ३२ हजार मानिसका घरहरू पूर्ण रूपमा डुबानमा परेका छन् । बाढीपहिरो प्रभावितहरू बस्नका लागि स्थानीय प्रशासनले विभिन्न स्थानमा ३२२ राहत शिविरहरू स्थापना गरेको छ।

बिज्ञापन

विगत पाँच दिनदेखिको निरन्तर वर्षका कारण भारतका धेरै उत्तरपूर्वी राज्यहरूमा बाढी र पहिरोका धेरै घटनाहरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आसाम बाहेक सबैभन्दा बढी प्रभावित राज्यहरूमा मिजोरम, मणिपुर, त्रिपुरा र अरुणाचल प्रदेश छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते