सिटिजन्स बैंकका ग्राहकले ललितपुरको सारंग हेल्थ केयर प्रालिको सेवा तथा सुविधामा छुट पाउने भएका छन् ।
बिज्ञापन
बैंक र हेल्थ केयरबीच भएको सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले १५ प्रतिशत छुट पाउने छन्। सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले बताएको छ। साथै बैंकले आगामी दिनहरूमा पनि यस्तै प्रकारका अन्य सुविधाहरू ल्याउने प्रतिबद्धता समेत गरेको छ।
बिज्ञापन
बैंकले देशै भरी ६१ जिल्लामा २०० शाखा, १६८ एटिएम मेशिन, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ सुविधा दिँदै आएको छ।








