नक्कली औषधिसहित एक जना पक्राउ परेका छन्।
बिज्ञापन
पक्राउ पर्नेमा ओधारपसी गाउँपालिका-५ जगनाथपुर घर भएका ३२ वर्षीय मुनिश दास रहेका छन्। प्रहरीका अनुसार उक्त औषधिहरू लुकाएर ल्याइएको अवस्थामा फेला परेको हो। दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेकपोष्टस्थितमा गत बुधबार राति वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश०३–००१ ज ०६३८ नम्बरको टाटा सुमो जिप चेकजाँच गर्दा नेपाल औषधि व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल समेत नभएका औषधि फेला परेको हो ।
बिज्ञापन
औषधिहरुमा सिल्डेनाफिल ट्याब्लेट आईपी १०० एमजीको तीन हजार पाँच सय आठ ट्याब्लेट, पेन्टेट –४० को बराबर पाँच हजार ट्याब्लेट, सिल्डेनाफिल साइट्रेट एण्ड डापोक्सेटिन ट्याब्लेट दुई हजार दुई सय अठ्ठाइस ट्याब्लेट, कम्बिप्याड अफ मिफेप्रिस्टोन एण्ड मिसोप्रोस्टोल ट्याब्लेट आईपी क्लियर किट चार सय ट्याब्लेट र प्रेग्नट किट नौ हजार दुई सय पचास ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
बिज्ञापन








