होमपेज > नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट: कसले कुन जिम्मेवारी पाए? हेर्नुहोस्

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट: कसले कुन जिम्मेवारी पाए? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट गरिएको छ । गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नरद्वय निलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्य विभाजन गरेका हुन् ।

बिज्ञापन

यसअनुसार ढुंगानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभाग तथा प्रदेश कार्यालयको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

त्यस्तै मिश्रलाई बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैङ्किङ विभाग, मानव संसाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभाग रहेका छन् । गभर्नरको कार्यालय मात्रै गभर्नरमार्फत प्रत्यक्ष रूपमा चल्ने व्यवस्था गरिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर निलम कायम मुकायम गभर्नर बनेपछि सबै विभागको जिम्मेवारी बमबहादुरलाई दिइएको थियो । नयाँ गभर्नर नियुक्त भएर आएपछि ढुङ्गाना डेपुटी गभर्नरमा फर्किएसँगै जिम्मेवारी बाँडफाँट गरिएको हो ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते